दफा ३९
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
(१) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) परिषद्प्रति जिम्मेवार रही संस्थाको प्रमुखको रुपमा काम गर्ने,
(ख) संस्थाको दैनिक प्रशासनिक काम गर्ने,
(ग) संस्थाको वार्षिक बजेट तयार गरी परिषद्‌मा पेश गर्ने,
(घ) संस्थाको हिसाब किताब राख्ने तथा राख्न लगाउने,
(ङ) सदस्य र पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरुको दर्ता किताब जिम्मा लिई अद्यावधिक रुपमा राख्ने, राख्न लगाउने ।
(२) कार्यकारी निर्देशकले परिषद्को रेखदेख र नियन्त्रणमा रही कार्य गर्नेछ ।
(३) यस ऐनमा लेखिएदेखि बाहेक कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।